१० साउन २०८३, आइतबार

गण्डकी प्रदेशसभा बैठक स्थगित

साउन २९, २०८०
पाेखरा
गण्डकी प्रदेशसभा बैठक स्थगित

सोमवार दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मंगलवारका लागि सरेको छ । 

‘बिजनेश’ नभएपछि गत बिहीवार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।   प्रदेशसभा सचिवालयले मंगलवार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ ।

यसअघि गत बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो । 

विपक्षी दल नेकपा एमालेले सरकारले प्रदेश सभालाई बिजनेश दिन नसकेको जनाएको थियो । सोमवारको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले बताए ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेश हुने जनाइएको छ । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रण सम्बन्धी जरुरी सार्वजनिक महत्त्वका २ वटा प्रस्ताव पनि दर्ता गरेको छ ।

प्रदेश सभाको दोस्रो कार्यकाल शुरू भएको ७ महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन । 

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी ४ विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्