०२ साउन २०८३, शनिबार
संसदीय दलको बैठक

संसद् अवरुद्ध गरेर एमाले गैरजिम्मेवार बनेको कांग्रेसको निष्कर्ष, खुलाउन अग्रसरता लिने

साउन २९, २०८०
काठमाडौं
संसद् अवरुद्ध गरेर एमाले गैरजिम्मेवार बनेको कांग्रेसको निष्कर्ष, खुलाउन अग्रसरता लिने

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जनताको आवाज सुन्नुपर्ने थलो संसदलाई लामो समय अवरुद्ध गरेर नेकपा एमाले गैरजिम्मेवार बनेको निष्कर्ष निकालेको छ । तीनसम्म चलेको कांग्रेस संसदीय दलको बैठकले प्रतिपक्षी सामान्य आलोचनात्मक हुनु उचित भए पनि जनताका कुरा उठाउनै अवरोध गर्नु गैरजिम्मेदारी भएको निष्कर्ष निकालेको हो ।

लामो समय बैठक अवरुद्ध गर्नुलाई उचित मान्न नसकिने कांग्रेसको निर्णय छ । ‘संसदमा प्रतिपक्षी आलोचनात्मक हुनु स्वाभाविक हो । तर, लामो समयसम्म यसरी अवरुद्धमा उत्रिनु गैरजिम्मेदारी हो । जनताका कुरा उठ्न सकेका छैनन् । विधेयक अगाडि बढ्न सकेका छैनन् । नयाँ विधेयक पनि आउन सकेका छैनन्’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसैले सत्तारूढ दलसँगै प्रतिपक्षीसँग पहल गरी अवरुद्ध बैठक खुलाउन हाम्रो पार्टीले संवादको लागि आवश्यक अग्रसरता लिने निर्णय गरेको छ ।’ 

पछिल्लो समय देखिएको सुन तस्करीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि कांग्रेसले जनाएको छ । सरकारी निगरानी हुने ठाउँबाटै सुन बाहिरिनु गम्भीर भएको ठहर कांग्रेसले गरेको छ । यसैले जोसुकै भए पनि छानबिनको दायरामा ल्याउनुपर्ने कांग्रेसले माग गरेको छ ।

‘एक क्विन्टल सुनको आएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको निगरानी हुने ठाउँबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैह्रकानूनी प्रयासलाई निस्तेज र नियन्त्रण गर्न जरुरी छ,’ लेखकले भने, ‘त्यसैले यो प्रकरणमा जोडिएका जो सुकै भए पनि छानबिन र कारवाबाहीको दायरामा आउनुपर्छ ।’

यो प्रकरणको छानबिन सिआइबीले गरिरहेको भन्दै कांग्रेसले अझै निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्