०८ साउन २०८३, शुक्रबार

मुख्यमन्त्री जम्कट्टेलको निर्देशन र स्वास्थ्यमन्त्रीको निर्णयले १३ अस्पतालमा बेड नि:शुल्क

साउन २९, २०८०
काठमाडौं
मुख्यमन्त्री जम्कट्टेलको निर्देशन र स्वास्थ्यमन्त्रीको निर्णयले १३ अस्पतालमा बेड नि:शुल्क

आगामी भदौ १ गतेदेखि बाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामीले नि:शुल्क बेड पाउने भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशन र प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको निर्णयानुसार बिरामीले नि:शुल्क बेड पाउने भएका हुन् ।

मन्त्रालयले आइतवार प्रदेश मातहतका १३ वटै अस्पताललाई परिपत्र गर्दै क्याबिन, आईसीयू र एनआईसीयूबाहेकका सम्पूर्ण बेड नि:शुल्क उपलब्ध गराउन निर्देशन दिएको हो ।

'उपरोक्त सम्बन्धमा यस मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०८०/०४/२२ को मिति २०८०/०४/२२ को निर्णयानुसार तहाँ अस्पतालहरूमा उपलब्ध रहेका शय्याहरू मध्येबाट क्याबिन, एनआईसीयू र आईसीयूबाहेक  अन्य सम्पूर्ण शय्याहरू मिति २०८० भाद्र १ गतेदेखि नि:शुल्क रूपमा बिरामीलाई उपलब्ध गराउनुहुन निर्देशनानुसार अनुरोध छ,' मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

null

अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यी हुन् सुविधा उपलब्ध हुने १३ अस्पताल :

१. हेटौंडा अस्पताल, हेटौंडा 

२. रसुवा अस्पताल, रसुवा

३. त्रिशुली अस्पताल, नुवाकोट 

४. सिन्धुली अस्पताल, सिन्धुली 

५. भक्तपुर अस्पताल, भक्तपुर 

६. रामेछाप अस्पताल, रामेछाप  

७. धादिङ अस्पताल, धादिङ

८. चौतारा अस्पताल, सिन्धुपाल्चोक

९. बज्रबाराही चापागाउँ अस्पताल, ललितपुर 

१०. टोखा चण्डेश्वरी अस्पताल, काठमाडौं

११. बकुलहर रत्ननगर अस्पताल, चितवन  

१२. पशुपति  चौलागाईं स्मृति अस्पताल, चरिकोट दोलखा 

१३. मेथिनकोट अस्पताल, काभ्रेपलान्चोक

प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्