०३ साउन २०८३, आइतबार

कोशी प्रदेश सभा बैठक भदौ १ गते

साउन २९, २०८०
विराटनगर
कोशी प्रदेश सभा बैठक भदौ १ गते

स्थगन भएको ४८औं दिनका दिन कोशी प्रदेशको बैठक बस्ने भएको छ । प्रदेश सभा बैठक बैठक भदौ १ गते दिउँसो बस्ने भएको हो ।  असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए । 

दोस्रो तथा बजेट अधिवेशन २०८० जेठ १४ गते बोलाइएको थियो । उक्त अधिवेशनभर ६ वटा बैठक मात्रै बसेको थियो ।  सरकार परिवर्तनको खेलका कारण कोशीमा संसद् बन्धकजस्तै छ । 

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो ।

फेरि असार १४ गते तेस्रो अधिवेशन आह्वान भयो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि उक्त अधिवेशन आह्वान गरिएको थियो । 

कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन सकेनन् । त्यसपछि भने प्रदेश सभाको बैठक बस्नै सकेको छैन । 

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तथा प्रतिस्थापन विधयेकमार्फत् बजेट ल्याउने तयारी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्