२२ असार २०८३, सोमबार

पहिरोमा बेपत्ता छोराको शव भेटियो, बाबुको अवस्था अझै अज्ञात

साउन २९, २०८०
दोलखा
पहिरोमा बेपत्ता छोराको शव भेटियो, बाबुको अवस्था अझै अज्ञात

अविरल वर्षाका कारण आइतवार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतवार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीन पाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा  १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए । निमदोर्जे अझै फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताए ।

आइतवार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाएपछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए । 

घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी शुरू गरेको थियो  । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगलवार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो । 

त्यस्तै गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको  मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्