०२ साउन २०८३, शनिबार
संसदीय दलको बैठक

सुन तस्करीको छानबिन सीआईबीले नै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

साउन २९, २०८०
काठमाडौं
सुन तस्करीको छानबिन सीआईबीले नै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नै छानबिन गर्नुपर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरिरहेको समयमा कांग्रेसले राज्यका निकायबाटै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

कांग्रेसको निर्णयले राज्यका निकायमार्फत् नै छानबिन गर्ने सरकारको अडानलाई बल पुगेको छ। 

शुक्रवार शुरू भई सोमवार सम्पन्न कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा जो सुकै भए पनि छानबिनको दायरामा ल्याएर कानूनी कारवाही गर्नुपर्ने निर्णय गरेको हो । ‘यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारी निकायहरूले छानबिन गरिरहेको छ,’ कांग्रेस संसदीय दलको दोस्रो नम्बरको निर्णयमा भनिएको छ, ‘यो बैठक नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गर्दछ ।’

बैठकमा महामन्त्री गगन थापाले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाउ छोराको नाम सुन तस्करीमा जोडिएको भन्दै सामान्य सोधपुछ नभई गम्भीर छानबिन गर्नुपर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्