३० असार २०८३, मंगलबार

लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो, एक वर्षभित्र बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य

साउन २९, २०८०
रसुवा
लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो, एक वर्षभित्र बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य

रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । 

गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माण गरिएको निर्माण कम्पनी आरएम समूहका सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माण दुई वर्षअघि कोभिड महामारीका बेला शुरू भएको थियो ।
    
आयोजनाको सुरुङ विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको काम भइरहेको तथा सामान आएलगत्तै जडान शुरू हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । 

आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राटेकले गरिरहेको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको लागत दुई अर्ब ७३ करोड रुपैयाँ छ । जसमा सनराइज बैंकले एक अर्ब ५० करोड, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । 

एक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको समूहका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्