काठमाडौं, १ असोज– १९ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको फाइनल खेल चलिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ ।
हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो ।
ङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३–३ विकेट लिए । यस्तै कप्तान दिपेन्द्रसिंह ऐरी र अनिलकुमार साहले पनि १–१ विकेट लिए ।
अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । हेर्नुहोस् लाइभ भिडियो,
सौजन्यः एसियन क्रिकेट काउन्सिल (एसीसी)