
सुन तस्करी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना चिनियाँ नागरिक रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार साउन ३ मा हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा चिनियाँमात्रै आधा दर्जन भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् ।
यसअघि ३१ साउनमा पनि ब्युराले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
सुन तस्करीमा संलग्न आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २३ जना पुगेको छ। ब्युराले यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।