२२ असार २०८३, सोमबार

विज्ञप्ति निकालेर राप्रपाले भन्यो–गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु आपत्तिजनक

भदौ १, २०८०
काठमाडौं
विज्ञप्ति निकालेर राप्रपाले भन्यो–गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु आपत्तिजनक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ । 

सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको राप्रपाले  विज्ञप्तिमार्फत जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’ 

null

salt training

कमेन्ट गर्नुहोस्