
नेकपा (एमाले)का संसदीय दलका उपनेता रामबहादुर राना मगरले कोशी प्रदेशसभा विघटन हुनसक्ने संकेत गरेका छन् ।
कोशी प्रदेशसभामा आज विशेष समय लिएर बोल्दै उनले प्रदेशसभाको आयु अब ५/७ महिनाको मात्रै भएको संकेत गरेका हुन् ।
उपनेता मगरले सबै राजनीतिक दलले सँगै बसेर छलफल गर्ने वातावरण नबनाएसम्म अहिलकै आयु अन्तिम आयु हुने खतरा रहेकोतर्फ सचेत गराए ।
सरकार ढाल्नेमात्रै खेलमा लाग्ने हो भने जनताले गाउँमै जान नदिने परिस्थिति बन्न सक्ने उनको भनाइ थियो ।
उपनेता रानाले अर्को प्रशंगमा धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्ने अवस्थामा पुगेकोबारे सरकारले छलफल गरेको छ कि छैन भन्दै प्रश्न गरे ।
‘लम्पी स्किन रोगले हजारौँ गाईवस्तु मरे । पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारले के गर्दैछ ? अबको योजना के छ ?’ उनको प्रश्न थियो ।
एपनेता रानाले मुलुक आर्थिक शून्यतातिर जाने खतरामा रहेको पनि औँल्याए ।