२६ जेठ २०८३, मंगलबार

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद, २० हजार जरिवाना

भदौ १, २०८०
ओखलढुंगा
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद, २० हजार जरिवाना
फाइल फोटो

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुव्र्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्