१० साउन २०८३, आइतबार

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११  विद्यार्थी लाभान्वित

भदौ १, २०८०
काठमाडौं
रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११  विद्यार्थी लाभान्वित

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ११ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरिएको ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।​ रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरू सहभागी बनेका थिए ।

एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरू जोडेर छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरू छनोट गरिएको थियो ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक ५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ३ हजार ५  सय रुपैयाँ र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ प्रदान गर्नेछ ।

साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रुपमा एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने निर्णयअनुरुप ११ जना विद्यार्थी छनोट गरिएको कम्पनीले जनाएको छ।

null

छात्रवृत्ति पाउने विद्यार्थीहरूमा प्रथम पुरस्कार पाउने इशान्तकुमार मिश्र, दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् । यस्तै, सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरू (शिवम् पटेल, भूषण दाहाल, भोलाकुमार साह कलवार, सुयोग अर्याल, दीपेश चौलागाईं, मनिषाकुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान) रहेका छन् ।

विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टको आयोजनामा सञ्चालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्यार्थीलाई शैक्षिक क्षेत्रमा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरूलाई पनि पठनपाठनतर्फ आकर्षित गरेर स्मार्ट विद्यार्थी बन्न थप मनोबल पुग्ने कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्