२६ असार २०८३, शुक्रबार

संसद् खुलाउने जिम्मेवारी र दायित्व दुबै सरकारकै हो : एमाले सचेतक बर्तौला

भदौ २, २०८०
काठमाडौं
संसद् खुलाउने जिम्मेवारी र दायित्व दुबै सरकारकै हो : एमाले सचेतक बर्तौला
फाइल फोटो

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्‌मा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् । उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए । 

प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए। 

प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो । “संसद् अवरोध खुलाउन सरकार नै जिम्मेवार हुनुपर्छ”, उनले भने। 

“आर्थिक अनियमितताका सबै फाइल खोलेर निष्पक्ष छानबिन गर्न एमालेको सरकारसित माग छ”, सचेतक बर्तौलाले भने । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्