१८ असार २०८३, बिहीबार

त्रिशुलीमा हामफाल्न मुग्लिन पुलमा पुगेका व्यक्तिको सकुशल उद्धार

भदौ २, २०८०
काठमाडौं
त्रिशुलीमा हामफाल्न मुग्लिन पुलमा पुगेका व्यक्तिको सकुशल उद्धार

मुग्लिनको पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरी बल (एपीएफ) ले सकुशल उद्धार गरेको छ।

शनिवार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका धादिङ निलकण्ठ नगरपालिका ६ का ४५ वर्षीय कृष्ण परियारलाई एपीएफले सकुशल उद्धार गरेको हो ।

उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपश्चात् एपीएफको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले उनको उद्धार गरेको एपीएफका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

रोप रेस्क्यु विधिबाट उनलाई जिवितै उद्धार गरी उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाइएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्