२७ जेठ २०८३, बुधबार

आइतवार बस्दै समाजवादी मोर्चाको बैठक

भदौ २, २०८०
काठमाडौं
आइतवार बस्दै समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक यही भदौ ३ गते (आइतवार) नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ । 

आइतवार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

यसैबीच एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकमा आसन्न पोलिट्ब्युरो बैठकका साथै केन्द्रीय कमिटी बैठकका तयारी तथा एजेण्डा, समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल भएको छ ।

पार्टीले यही भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक तथा यही भदौ ५ गतेदेखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति र स्थान तोक्ने पार्टीले जनाएको छ ।–रासस–

salt training

कमेन्ट गर्नुहोस्