२७ जेठ २०८३, बुधबार

गठन भएको करिब दुई महिनापछि समाजवादी मोर्चाको दोस्रो बैठक

भदौ ३, २०८०
काठमाडौं
गठन भएको करिब दुई महिनापछि समाजवादी मोर्चाको दोस्रो बैठक
फाइल तस्वीर

समाजवादी मोर्चाको बैठक आझ (आइतवार) नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ । साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । मोर्चा गठन भएको करिब दुई महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो । 

यसैबीच एकीकृत समाजवादीको शनिवार बसेको सचिवालय बैठकमा आसन्न पोलिट्ब्युरो बैठकका साथै केन्द्रीय कमिटी बैठकका तयारी तथा एजेण्डा, समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल भएको छ ।

गत असार ४ गते राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी उनीहरूले मोर्चा घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्