१३ असार २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिलो समोसा

कात्तिक २०, २०७४
यसरी बनाउनुस् स्वादिलो समोसा

काठमाडौं, १ असोज — बाहिरबाट झुरुमझुरुम अनि भित्रबाट आलु र मसला हालेको नरम समोसा एकदमै मीठो हुन्छ । आज हामी तपाईंले यही स्वादिलो समोसा बनाउन सिकाउँछौं ।


सामग्री

मैदा दुई कप (२५० ग्राम)
घिउ एक चौथाइ कप (६० ग्राम)
नून स्वादअनुसार

समोसमा भर्ने कुरा अब बनाउनुस् ।

आलु ४०० ग्राम
हरियो मटर आधी कप
हरियो खुर्सानी दुईवटा
धनियाँ एक सानो मुट्ठा (काटेको)
गरम मसला दुई चिम्टी
नून स्वादानुसार

विधि
सबभन्दा पहिला आलु उमाल्नुस् ।

उता, मैदामा घिउ र नून हाल्नुस् र मज्जाले घोल्नुस् । मनतातो पानीमा मुछ्नुस् । पीठो सेट हुनका लागि २० मिनेट छोपेर छोडिदिनुस् ।

समोसामा भर्ने कुरा बनाउन थाल्नुस् । यसका लागि उमालेको आलुको बोक्रा छोडाउनुस् । हातले मजाले आलु फुटाउनुस् । अब प्यान तताउनुस् ।

एक चम्चा तेल हाल्नुस् । तातो तेलमा हरियो खुर्सानी र हरियो मटर हालेर मिसाउनुस् । छोपेर दुई मिनेट पाक्न दिनुस् । हरियो मटर अलिक नरम भएपछि आलु हाल्नुस् । अब नून, हरियो खुर्सानी, धनियाँ, गरम मसला हाल्नुस् ।

समोसाभित्र हाल्ने कुरा तयार भयो ।

अब मुछिएको पीठोबाट बराबर आकारका आठवटा गोलाहरू बनाउनुस् । एउटा गोलाले बेलनमा १० इन्चको व्यासमा बेल्नुस् । बेलेको पीठो अलिक मोटो भएकै राम्रो ।

बेलिएको पीठोलाई दुई बराबर भागमा चक्कुले काट्नुस् । एउटा भाग त्रिकोण बनाएर मोड्नुस् । त्रिकोण बनाउँदा दुवैतर्फको टुप्पो पानीले टाँस्नुहोला ।

त्रिकोणमा आलु लगायतका माथि बनाएको सामग्री हाल्नुस् । पछिको किनारामा एउटा प्लेट हाल्नुस् । माथिका दुवै किनारालाई पानी लगाएर टाँस्नुस् । समोसा सही आकारमा यसरी नै तयार पार्नुस् ।

समोसा तार्नका लागि कराहीमा तेल तताउनुस् । तातो तेलमा चारपाँचवटा समोसा हाल्नुस् र खैरो नहुन्जेल तार्नुस् ।

समोसा तार्दा आगो मध्यम आँचमा हुनुपर्छ । कराहीबाट समोसा निकालेर प्लेटमा राखिएको न्यापकिन पेपरमा हाल्नुस् । अतिरिक्त तेल सोसिन्छ । सबै समोसा यसरी नै तारेर निकाल्नुस् ।

तात्तातो समोसा तयार भयो । यसलाई धनियाँको अचार वा गुलियो अचारसँग खानुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्