२१ असार २०८३, आइतबार
अनुसन्धान रोकिएकोप्रति आक्रोश

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीको बयान रोक्ने गठबन्धनको निर्णयप्रति गगनको तीव्र आपत्ति

भदौ ३, २०८०
काठमाडौं
ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीको बयान रोक्ने गठबन्धनको निर्णयप्रति गगनको तीव्र आपत्ति
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान रोक्ने निर्णय गठबन्धन बैठकबाट भएको भन्दै आपत्ति जनाएका छन् । राज्यका निकायले गरिरहेको अनुसन्धान रोक्ने निर्णय गर्ने अधिकार गठबन्धनसँग नभएको उनले बताए ।

नेपाली कांग्रेस शिवसताक्षी नगर सम्मेलनलाई आइतवार झापामा सम्बोधन गर्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीद्वयलाई बयान नदिले निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् । 

सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वयसँग बयानको तयारी गरेको थियो । तर, साउन २९ गते बसेको सत्ता गठबन्धनको बैठकले अदालतको सक्रियताप्रति प्रश्न उठाउँदै मन्त्रिपरिषद्को निर्णयमा बयान नलिने निर्णय गरेको थियो । 

‘सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिनको माग गरिरहेको छ । हामीले राज्यका निकायले अनुसन्धानलाई मान्नुपर्छ भन्दै आएका छौं । पूर्वप्रधानमन्त्रीको बयान नगर्ने निर्णय गठबन्धनमा भयो भन्ने मैले समाचारमा पढें । मैले पढेको सत्य हो भने त्यसमा आपत्ति छ,’ महामन्त्री थापाले प्रश्न गरे, ‘ललिता निवासको बयान नलिने निर्णय भयो रे ! राज्यका निकायले गरिरहेको अनुसन्धानमा गठबन्धनले छलफल र निर्णय गर्न पाउनुहुन्छ ?’

पूर्वप्रधानमन्त्रीसँग बयान नै गरी सीआइबीले आज प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । महामन्त्री थापाले कांग्रेसको मात्र होइन गठबन्धनको बैठकसमेत लाइभ गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्