२२ जेठ २०८३, शुक्रबार

विषालु सर्पले डसेर महिलाको मृत्यु

भदौ ३, २०८०
झापा
विषालु सर्पले डसेर महिलाको मृत्यु
फाइल फोटो

झापाको हल्दिबारीमा विषालु सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए ।

उनका अनुसार राजवंशीलाई शनिवार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । 

स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्