२१ जेठ २०८३, बिहीबार

केन्द्रीय समिति बैठकका लागि कपिलवस्तु गएका विप्लव धान गोडिरहेका भेटिए

भदौ ३, २०८०
काठमाडौं
केन्द्रीय समिति बैठकका लागि कपिलवस्तु गएका विप्लव धान गोडिरहेका भेटिए

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द विप्लव धान गोड्दै गरेको अवस्थामा भेटिएका छन् ।

उनी कपिलवस्तुमा आफैँले रोपेको धान गोड्दै गरेको अवस्थामा भेटिएको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायतका नेता–कार्यकर्ता पनि धान गोडिरहेका देखिन्छन् । सो क्रममा उनीहरूले धान गोडाइसँग सम्बन्धित गफसमेत गरिरहेका छन् । जहाँ उनीहरू सिँचाइ र मलको पनि कुरा गरिरहेका छन् ।

विप्लवलगायतका नेताहरू पार्टी केन्द्रीय समिति बैठकका लागि कपिलवस्तुमा थिए । सोही क्रममा धान गोडिरहेको भेटिएका हुन् । केही समयअघि मात्रै विप्लव समूहको बैठकले खेती किसानी र श्रम गर्ने निर्णय गरेको थियो ।

विप्लवले ललितपुरमा पनि धान खेती गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्