०४ साउन २०८३, सोमबार

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

भदौ ३, २०८०
काठमाडौं
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सवारी ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका– १ का ३० वर्षीय अजय बिकलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय, पिपराबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको कपिलवस्तु प्रहरीले जनाएको छ । 

बिकलाई कपिवलस्तु जिल्ला अदालतको २०७८ चैत १५ को फैसलाले सवारी ज्यान मद्दामा दुई वर्र्ष कैद सजाय तोकिएकोमा उनी फरार रहेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्