२८ असार २०८३, आइतबार

बैंक ब्याज बढ्दा नेप्सेमा पहिरो, एकै दिन २२ अंकले घट्यो शेयर बजार

भदौ ३, २०८०
काठमाडौं
बैंक ब्याज बढ्दा नेप्सेमा पहिरो, एकै दिन २२ अंकले घट्यो शेयर बजार
फाइल फोटो

वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदाको असर नेप्सेमा देखिएको छ ।​​

बैंकहरूले भदौ १ (शुक्रवार)देखि ब्याजदर बढाएका छन् ।

बैंकहरूले बढाएको ब्याजदरको प्रभाव स्वरूप आइतवारको शेयर बजार राताम्मे हुन पुगेको छ । आइतवार नेप्से सूचक २१.९९ अंकले घटेको छ । एकैदिन १.०८ प्रतिशतले घटेर नेप्से सूचक २०११.१४ विन्दुमा झरेको छ । 

बजार घटेका दिन करोबार रकम पनि १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ । 

नेप्से घटेको दिन सबैभन्दा बढी असर निर्जीवन बीमा समूहका उपसूचमा परेको छ । यो समूहका लगानीकर्ताले १.५९ प्रतिशतले गुमाएका छन् । 

बजार घटेको दिन बैंकिङ समूहको सूचक ३.६० अंकले, विकास बैंकको सूचक ३५.६० अंकले घटेको छ । आइतवार नेप्सेमा सूचीकृत कुल २६९ कम्पनीको शेयर कारोबार भएको छ । यसबाट ४४ लाख ५९ हजार कित्ता शेयरको ४३ हजार पटक कारोबार भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्