०९ साउन २०८३, शनिबार

संसद् गतिरोध लम्बिनुमा सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

भदौ ३, २०८०
काठमाडौं
संसद् गतिरोध लम्बिनुमा सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद गतिरोध लम्बिनुमा सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्  । उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरे । 

प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि आइतवार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले प्रतिपक्षलाइ आरोप लगाएर मात्र सरकार उम्किन नमिल्ने बताएका हुन् । 

‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । एमाले, माओवादी र कांग्रेसको कुरै होइन, यो राष्ट्रको कुरा हो । संसद् चल्नुपर्छ,’ उनले भने, ‘हामी दुइटै दोषी हौं, संसद् चलाउन सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा मात्र होइन ।’’

विमानस्थल भन्सार बाहिरबाट समातिएको झण्डै ६१ किलो सुनको छानबिनका लागि उच्चस्तरिय आयोग गठन गर्नुपर्ने मागलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने भनेपछि आइतवारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर मंगलवारसम्म सारिएिको छ । साउन १० गतेदेखि संसद्मा एमालेले अवरोध जारी राखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्