३० असार २०८३, मंगलबार

रुसमा युक्रेनको ड्रोन आक्रमण : ५ जना घाइते

भदौ ३, २०८०
काठमाडौं
रुसमा युक्रेनको ड्रोन आक्रमण : ५ जना घाइते

मस्को– युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेसनमा आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । 

 कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारीअनुसार ड्रोन रेलवे स्टेसनको छतमा ठोक्किएर छतमा आगो लागेको थियो । 

आक्रमणमा स्टेसनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ । आक्रमणपछि भवनमा रहेका सबै ५० यात्रुहरूलाई तुरुन्तै बाहिर निकालिएको गभर्नरले बताएका छन् ।

अघिल्लो दिन मात्र यस किसिमका ड्रोन आक्रमणहरू मस्को र रोस्तोभ क्षेत्रमा रुसी सेनाले इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर विफल पारेको बताइएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्