×

NIC ASIA

चलचित्रमा देखिने कलाकारले भूमिका कसरी पाउने गर्छन् ?

काठमाडाैं | भदौ ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

कुनै चलचित्र हेर्ने नहर्ने निर्णय लिने कारण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकामा कलाकार उपयुक्त देखिँदैनन् भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् ।

Muktinath Bank

 चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 विशेषगरी अभिनेता सुनिल थापाले निर्वाह गरेको ‘राते काइँला’, राजेश हमालले निर्वाह गरेको ‘शङ्कर’, सौगात मल्लले निर्वाह गरेको ‘हाकु काले’, दयाहाङ राईले निर्वाह गरेको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छ । 


Advertisment
Nabil box
Kumari

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन थालेको निर्देशक दिनेश राउतले बताए । 

Vianet communication

“मैले सुरुआती समयमा आफू निर्देशक बन्ने मै केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार ‘डिमाण्ड’ गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद र प्रकाश’मा भने भूमिका सुहाउँदो कलाकारको ‘अडिसन’ लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।” 

निर्देशनको प्रारम्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्थे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक नै हुन्छन् । उनले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिएका थिए । 

चलचित्रको भाषामा ‘कास्टिङ डाइरेक्टर’ भनिन्छ । उनको काम नै कथा लेखिएको पात्रअनुसारको कलाकार छनोट गरेर निर्देशकसम्म पु¥याउने हुन्छ ।

निर्देशक राउत बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो । तर हामी बजारको निर्देशनभन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकी सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् । परिवर्तन हुँदैछन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो । तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुने गरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ । तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x