१० साउन २०८३, आइतबार

नेपालगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा धामी विजयी

भदौ ४, २०८०
बाँके
नेपालगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा धामी विजयी

 नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् । 

उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन्। धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गरेको वाणिज्य सङ्घका निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए । 

दश जना सदस्यमा एउटा प्यानलबाट सात र अर्को प्यानलबाट तीन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चार हजार नौ सय ३३ मतदाता रहेको सङ्घमा चार हजार एक सय ३२ मत खसेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्