२१ जेठ २०८३, बिहीबार

ला लिगाको नयाँ सिजनमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको पहिलो जीत

भदौ ४, २०८०
काठमाडौं
ला लिगाको नयाँ सिजनमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको पहिलो जीत

डिफेन्डिङ ला लिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो ।

८२औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

बार्सिलोना पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको थियो । दुई खेलपछि बार्साको चार अंक पुगेको छ । 

लामाइन यामल १६ वर्ष ३८ दिनको उमेरमा बार्सिलोनाका लागि लिग खेल शुरू गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्