२८ जेठ २०८३, बिहीबार
बाढी पूर्वानुमान

काठमाडौंसहित ३९ जिल्लाका नदीमा बहाब बढ्ने, ९ मा आकस्मिक बाढीको जोखिम

महाकालीको जलसतह सतर्कता तह आसपास पुग्ने
भदौ ४, २०८०
काठमाडौं
काठमाडौंसहित ३९ जिल्लाका नदीमा बहाब बढ्ने, ९ मा आकस्मिक बाढीको जोखिम

आज (सोमवार) र भोलि (मंगलवार) महाकाली नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

यस्तै आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह बढ्ने महाशाखाले जनाएको छ । यी नदीमा जलसतह बढे पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । 

आज ईलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र बैतडी आसपास भइ बहने केही स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ र दार्चुला आसपास भई बहने केही स-साना नदीहरू बहाब बढ्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्