M
काठमाडौं, १ असोज – चलचित्र ‘जोनी जेन्टलम्यान’ ले शुक्रवार र शनिवार काठमाडौं लगायत देशका प्राय: हलमा सुखद् व्यापार गरेको छ । राजधानीका अष्टनारायण, गोपीकृष्ण, गुण, कलंकी लगायतका हल तथा मल्टिप्लेक्स हलमा पनि उच्च व्यापार वितरकले जनाएका छन् ।
मानन्धरले बताएअनुसार चलचित्रले बिहानी शोमा ७५ प्रतिशत र दिउँसोका शोमा पूर्ण व्यापार गरेको छ । चलचित्र हलमा नायक पल शाह र आँचल शर्मा पनि पुगेका थिए । दर्शकले यी दुईको रियल जोडीलाई साथ दिएका थिए । लभस्टोरी चलचित्रमा पल शाह र आँचल शर्माको अभिनय छ । नितिन चन्दले निर्देशन गरेको चलचित्रमा पल र आँचलका अतिरिक्त जैना कुवँर, सन्तोष सिलवाल गिरी, विकास जोशी लगायतले अभिनय गरेका छन् ।