२९ असार २०८३, सोमबार

सर्लाहीमा बम विस्फोट, बालिका घाइते

कात्तिक २०, २०७४
सर्लाहीमा बम विस्फोट, बालिका घाइते


सर्लाही, २ असोज- सर्लाहीको दक्षिणी भेगमा पर्ने बलरामा सुतली बम विस्फोट हुँदा एक बालिका घाइते भएकी छिन् ।

बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा हिजो सांझ भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् ।bomb (1)

बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । आफ्नै किराना पसलअगाडि खेलिरहेको अवस्थामा सुतली बम विस्फोट हुँदा उनी घाइते भएकी थिइन । झोलाभित्र रहेका चारवटा बममध्ये एउटा बालबालिकाले खेलाउँदा पड्किएको र बाँकी तीनवटा नेपाली सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

भारतसँग सीमा जोडिएको बलरा क्षेत्र संवेदनशील क्षेत्र मानिन्छ । निर्वाचनका लागि उक्त क्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्