२६ असार २०८३, शुक्रबार

मधेसमा मतदान चलिरहेको समयमा भारतीय राजदूत हिल्सामा !

कात्तिक २०, २०७४
मधेसमा मतदान चलिरहेको समयमा भारतीय राजदूत हिल्सामा !
काठमाडौं २ असोज– प्रदेश नम्बर दुईको तराई–मधेसका ८ जिल्लामा स्थानीय तहको मतदान चलिरहेको समयमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी भने नेपालका हिमाली जिल्लाको भ्रमणमा निस्केका छन् ।

राजदूत पुरीले हुम्लाको सिमिकोट र हिल्सामा मानसरोवर तीर्थयात्रीको आवाससुविधाको निरीक्षण गरेका नेपालस्थित भारतीय दूतावासको आधिकारीक ट्वीटर ह्याण्डलमा उल्लेख छ ।

‘भारतीय दूत पुरी सिमिकोट र हिल्सामा मानसरोवर तीर्थयात्रीको आवाससुविधाको निरीक्षण गर्दै, सुविधामा सुधारका लागि स्थानीय अधिकारीहरू तथा समुदायसँग अन्तर्क्रिया गर्दै’ दूतावासले ट्वीटमा लेखेको छ ।

राजदूत पुरीले हुम्लाको सिमिकोटदेखि हिल्सासम्मको भ्रमण गरेका हुन् । राजदूत पुरी सिम्रीक एयरको हेलिकप्टरबाट सिमिकोट पुगेका थिए ।

तस्वीरः भारतीय दूतावासको ट्वीटर

salt training

कमेन्ट गर्नुहोस्