३० जेठ २०८३, शनिबार

उत्तर कोरियामाथि दबाब बढाउने अमेरिका र दक्षिण कोरियाको सहमति

कात्तिक २०, २०७४
उत्तर कोरियामाथि दबाब बढाउने अमेरिका र दक्षिण कोरियाको सहमति

काठमाडौं, २ असोज — अमेरिकाका राष्ट्रपति र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इनले उत्तर कोरियाविरुद्ध आर्थिक र कूटनीतिक दबाब बढाउने सहमति गरेका छन् । उत्तरले लगातार आणविक र क्षेप्यास्त्र परीक्षण गरिरहेकाले यस्तो दबाब दिइएको हो ।


आइतवार यी दुवै नेताले टेलिफोनमा कुरा गरेका थिए र उनीहरूको कार्यालयले संवादको लिखित प्रति सार्वजनिक गरेको थियो ।

‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति मूनले निवारण तथा प्रतिरक्षा क्षमतालाई बलियो बनाउन कदमहरू चाल्न तथा उत्तर कोरियामाथि आर्थिक र कूटनीतिक दबाब दिनका लागि प्रतिबद्धता जनाएका छन्,’ ह्वाइट हाउसले वक्तव्य निकालेर बतायो ।

लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरिया ट्रम्प प्रशासनलाई विदेशनीतिका सम्बन्धमा टाउकोदुखाइ साबित भएको छ । तनाव चर्केमा त्यसलाई सामना गर्ने योजना अमेरिकाले बनाउनुपर्ने भएको छ ।

दुई दिनअघि मात्र उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायलाई चुनौती दिँदै जापानको उत्तरी टापु होक्काइदोमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

ट्रम्पले अमेरिका तथा उसका साझेदारहरू उत्तर कोरियाबाट नतर्सिने बताएका छन् ।

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्