
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ ।
नाम्सी पुल नजिकै पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सवारीसाधनलाई केही समय रोकेर ३ वटा मेसिनको प्रयोग गरेर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
माथिबाट थप पहिरो नआए एक/डेढ घण्टामा सडक दुईतर्फी सञ्चालनमा आउने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।