२४ असार २०८३, बुधबार

सुन तस्करी, भुटानी शरणार्थीलगायतका काण्डको जनताले बुझ्ने गरी छिनोफानो हुनुपर्छ : शेखर कोइराला

धार्मिक सद्‌भाव नेपालीको पहिचान हो
भदौ ९, २०८०
विराटनगर
सुन तस्करी, भुटानी शरणार्थीलगायतका काण्डको जनताले बुझ्ने गरी छिनोफानो हुनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक सद्‌भाव नेपालीको पहिचान भएको बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्‌भाव कायम राख्न सबैलाई आग्रह गरे ।
    
सङ्घीय सांसद डा. कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिए । “जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौं भन्नु गलत विचार हो”, उनले भने । कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिए । 

जनताले बुझ्ने गरी ललितानिवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्