१० असार २०८३, बुधबार

बेनी–जोमसोम सडक पुनःसञ्चालनमा

भदौ १०, २०८०
म्याग्दी
बेनी–जोमसोम सडक पुनःसञ्चालनमा

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात पुनःसञ्चालन भएको छ । 

गत बुधबारदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराह्नदेखि पुनःसञ्चालन भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख जगत प्रजापतिले म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ गुुइठे, सुकेबगर, खामभित्ता, दुवारी क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिए ।  

कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण झरेको पहिराोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्