अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली हानेर तीन जनाको हत्या गरेका छन् । फ्लोरिडाको एक पसलमा मुखौटा लगाएका गोरा व्यक्तिले गोली हानेर तीन जनालाई गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार गोली प्रहार गर्ने ती व्यक्तिको परिचय खुलेको छैन ।
उनले तीन काला जातिका दुई पुरुष र एक महिलालाई हत्या गरेको समाचारमा उल्लेख छ ।
तीन जनालाई गोली प्रहार गरेपछि उनले आफैँमाथि पनि गोली प्रहार गरेका थिए ।