२५ जेठ २०८३, सोमबार
अदालत पुग्यो कीर्तेको मुद्दा

ललितानिवास प्रकरण : चार पूर्वमन्त्री र बहालवाला सञ्चार सचिवसहित २९० जना प्रतिवादी

भदौ १०, २०८०
काठमाडौं
ललितानिवास प्रकरण : चार पूर्वमन्त्री र बहालवाला सञ्चार सचिवसहित २९० जना प्रतिवादी

ललितानिवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्री तथा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत समेत २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतवार बिहान काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सञ्जय साहलाई प्रतिवादी बनाइएको छ ।

बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउतलाई समेत प्रतिवादी बनाउँदा पूर्व निर्वाचन आयुक्त सुधीर शाहविरुद्ध भने मुद्दा नचलाइएको खत्रीले बताए ।

शाहको प्रत्यक्ष संलग्नता नदेखिएकाले प्रतिवादी नबनाइएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्