
काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा किसानका फर्मबाट बंगुर उठाएर पैसा नतिरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नमोबुद्ध नगरपालिका ३ काभ्रेका पेमाध्वज लामालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
किसानसँग बंगुर किनेर ठगी गर्दै आएका लामालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
‘निजले बंगुर फार्ममा गइ बंगुर गाडीमा राखेर पठाएपछि बैंक र एटीएममा गइ पैसा दिन्छु भन्दै ठगी गर्ने र फरार हुने देखियो’ एसएसपी खत्रीले भने ।
लामाले अन्य स्थानमा समेत ठगी गरेको हुन सक्ने प्रहरीको शंका छ ।