
नेपाली कांग्रेसको अनुशासन समितिको सचिवमा प्रेम केसी मनोनीत भएका छन् ।
आइतवार केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको अनुशासन समितिको बैठकले समितिको सचिवमा केन्द्रीय कार्यालयका सचिव केसीलाई मनोनीत गर्ने निर्णय गरेको हो ।
साथै आनन्दप्रसाद ढुंगानाको संयोजकत्वको पहिलो बैठकले समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय पनि गरेको छ ।
समितिको अर्को बैठक सोमवार बिहान ८ बजे बस्ने जनाइएको छ ।