
काठमाडौं २ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा दुई राज्यमन्त्री थप्ने तयारी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट विराज विष्ट र कमला शर्मालाई सोमवार नै राज्यमन्त्रीको सपथ गराउने तयारी भएको हो ।
राप्रपाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको राप्रपा नेता किरण गिरीले जानकारी दिए । गिरीले उनीहरुको सोमवार नै सपथ हुने बताए ।
डा प्रकाशचन्द्र लोहनीको पार्टीमा रहेका केशरबहादुर विष्टका छोेरा विराज यअिघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्री थिए ।
दुइजना राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिमण्डल इतिहासकै ठूलो ५६ सदस्सीय बन्ने भएको छ । देउवा मन्त्रिमण्डल ३ उपप्रधान सहित ५४ सदस्सीय छ ।