०९ साउन २०८३, शनिबार

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्विस कुपन​

भदौ १०, २०८०
काठमाडौं
महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्विस कुपन​

महिन्द्रा पावरोलले सर्भिस मार्केटिङ र प्राविधिक तालिम सम्पन्न गरेको छ ।​

यही भदौ ४ गते सम्पन्न कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो ।

अन्य सहभागीहरूमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिकहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसै कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ गरिएको छ । यो सेवा कुपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्नेछन् ।

यस सेवा अन्तर्गत ग्राहकहरूले निःशुल्क श्रम सेवा तथा प्राविधिक टोलीबाट चौबिसै घन्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रुत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मनछुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभूत्व फैलाउदै लैजाने योजना बनाएको छ ।

महिन्द्रा पावरोलले भारतको दूरसञ्चार क्षेत्रमा सबैभन्दा मनपर्ने जेनसेट ब्रान्ड, पावर ब्रान्ड र पछिल्लो सुपरब्रान्डको रुपमा फ्रोस्ट एन्ड सुलिभान ‘भ्वाइस अफ कस्टमर’ अवार्डजस्ता धेरै पुरस्कारहरू प्राप्त गरेको छ ।

टेलिकम बाहेक, महिन्द्रा पावरोल डीजी सेटहरूले विश्वव्यापी बजारहरूमा तथा नेपाली बजारमा विभिन्न प्रकारका उद्योगहरू र अन्य क्षेत्रहरु जस्तै बैंक, भवन र निर्माण, सार्वजनिक निकाय, अस्पतालहरू, होटलहरू, व्यक्तिगत घरहरूका ग्राहकहरूलाई निरन्तर पावर तथा सेवा प्रदान गरिरहेको छ ।

अग्नि मोटोइन्क, नेपालमा महिन्द्राका गाडी तथा ट्रयाक्टरका आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको भगिनी संस्था हो ।

अग्नि मोटोइन्कको देशभर डिलर र शाखाहरू सम्मिलित वृहत् संजाल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्