२७ असार २०८३, शनिबार

ललितपुरको कुमारीपाटीमा आगलागी

भदौ ११, २०८०
काठमाडौं
ललितपुरको कुमारीपाटीमा आगलागी

ललितपुरको कुमारीपाटीमा आगलागी भएको छ । सोमवार बिहान कुमारीपाटीस्थित एक घरमा आगलागी भएको हो । 

ललितपुर महानगरपालिकाको दमकलले आगो निभाएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । 

उनका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले बताए ।

आगलागीबाट भएको भौतिक र आर्थिक क्षतिको विवरण भने आउन बाँकी रहेको उनले बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्