२६ जेठ २०८३, मंगलबार

ट्रमा सेन्टरका डा. कोइराला रातिदेखि बेपत्ता, सप्तकोशी पुलमा भेटियो गाडी र मोबाइल

भदौ ११, २०८०
विराटनगर
ट्रमा सेन्टरका डा. कोइराला रातिदेखि बेपत्ता, सप्तकोशी पुलमा भेटियो गाडी र मोबाइल

मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । सप्तकोशी पुलमा गाडी छोडेर उनी गएरातिदेखि बेपत्ता भएका हुन् । 

पुलको रेलिङमा मोबाइल पनि भेटिएको उदयपुर प्रहरीले जनाएको छ । ‘गाडीसँगै जुत्ता र मोजा पनि पुलमाथि नै छ,’ उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने, ‘पुलको रेलिङमा मोबाइल पनि भेटिएको छ ।’ 

बिहान ४ बजेदेखि खोजी गरे पनि अहिलेसम्म पत्ता नलागेको फुयाँलले बताए । 

होटलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली बोलाएको उनले बताए ।

‘बेपत्ता डाक्टर कोइरालाका परिवार तथा आफन्तहरू आइपुग्नुभएको छ,’ फुयाँलले भने, ‘अब गोताखोरको टोलीले खोलाभित्र खोजी गर्न थाल्छ । गोताखोरको टोली गाडी भएको स्थानमा आइपुगेको छ ।’

प्रदेश १ –०२००२च ४१६६ नम्बरको गाडीभित्र हस्पिटलको कागजपत्र समेत फेला परेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्