२२ असार २०८३, सोमबार

खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार

भदौ ११, २०८०
काठमाडौं
खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार
फाइल तस्वीर

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा सुधार आएको छ । शुक्रवार साँझ एक्कासि ज्वरो आएपछि शनिवार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो ।

मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।

मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्