२७ असार २०८३, शनिबार

चालू पुँजी कर्जा संशोधन, व्यवसायीलाई राहत

भदौ ११, २०८०
काठमाडौं
चालू पुँजी कर्जा संशोधन, व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै व्यवसायीलाई राहत प्रदान गरेको छ । 

राष्ट्र बैंकले १ कात्तिक २०७९ बाट चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो । उक्त मार्गदर्शनलाई शुरूमा व्यवसायीको आग्रहमा एक वर्ष पछाडि धकेलिएकोमा राष्ट्र बैंकले अहिले थप एक वर्षको समय दिएको छ ।

समग्रमा व्यवसायीले २ वर्षको समय पाउने निश्चित भएको छ ।

राष्ट्र बैंकले सोमवार एक निर्देशन जारी गर्दै मार्गदर्शन लागू भएको दोस्रो वर्षबाट मात्रै लागू हुने व्यवस्था गरेको छ ।

व्यवसायीले एउटा प्रयोजनमा ऋण लिएर अन्तै लगानी गरेर ऋणको दुरुपयोग भएको आशंका गर्दै त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यो मार्गदर्शन ल्याएको थियो ।

राष्ट्र बैंकले मार्गदर्शन लागू भएको पहिलो वर्षका लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्ने व्यवस्था गरेको छ ।

दोस्रो वर्षका लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्ने व्यवस्था गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्