०९ साउन २०८३, शनिबार

देउवाले अध्यक्षता गरेको समिति बैठकमा प्रचण्ड पनि सहभागी

भदौ ११, २०८०
काठमाडौं
देउवाले अध्यक्षता गरेको समिति बैठकमा प्रचण्ड पनि सहभागी

कानून न्याय तथा मानवअधिकार समितिको सभापति निर्वाचित गर्ने बैठकको कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले अध्यक्षता गरेका छन् ।

 समितिको ज्येष्ठ सदस्यका रुपमा देउवाले अध्यक्षता गर्दै गरेको समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । 

साथै संविधानसभाका पूर्व अध्यक्ष, एवं सभामुख सुवास नेम्वाङ, कानूनमन्त्री धनराज गुरुङसहितका सदस्य छन् । यो समितिमा नेकपा (एकीकृत समाजवादी)की विमला सुवेदीको मात्रै सभापतिमा उम्मेदवारी परेको छ । 

संसदीय समितिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टीसहितका सत्तारुढ दल र नेकपा (एमाले)ले सहमतिमा उम्मेदवार उठाएपछि औपचारिकता पूरा गर्ने बैठक सिंहदरबारमा शुरू भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्