
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।
यो समितिमा सत्ता गठबन्धन र प्रतिपक्षीका संयुक्त उम्मेदवार जनमतका अब्दुल खानको उम्मेदवारी परेको थियो । यसैले रास्ववाले आफ्ना उम्मेदवार गणेश पराजुलीलाई फिर्ता गर्दै जनमतका खानलाई समर्थन गरेको जानकारी रास्वपाकी सचेतक निशा डाँगीले दिइन् ।
समितिको बैठकमै रास्ववाले उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको हो ।
रास्वपाले उम्मेदवारी फिर्ता लिएसँगै सबै संसदीय समितिका सभापतिको लागि निर्वाचन प्रक्रियामा सर्वसम्मति हुने भएपछि मतविभाजन नहुने भएको हो ।