२३ असार २०८३, मंगलबार

एमसीसीको विरोध गर्दा ३ जना पक्राउ

भदौ ११, २०८०
काठमाडौं
एमसीसीको विरोध गर्दा ३ जना पक्राउ

एमसीसीको विरोध गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु रहेका छन् । 
काभ्रेको बनेपामा एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महङ्गी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न रहेका सो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य ढोग प्रसाद उपाध्याय, प्रदेश समिति सदस्यद्वय अशल मोक्तान र प्रदीप अस्तानलाई प्रहरीले पक्राउ गरेको हो । 
राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्नलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको प्रति  पार्टीका प्रवक्ता कञ्चनले विरोध गरेका छन् । 
‘ हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भर्त्सना गर्दछ र गिरफ्तार हुनुभएकाहरुलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गर्दछ’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्