
ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीको एक कन्सल्टेन्सीमा आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई सोमबार आगलागी भएको जानकारी दिए । आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब रु ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।